काठमाडाै । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार आयोगले थापालाई सभापतिको मान्यता दिएको हो ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो ।
विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
यता देउवा पक्षका पूर्णबहादुर खड्का समुहका नेताहरूले आज बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्