Skip to content

६ दिनदेखि सुनचाँदीको मूल्य लगातार बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल ५ हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन २ लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो ।

बुधबार एक तोला सुन २ लाख ७८ हजार र त्यति नै चाँदीको मोल ५ हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल ५ हजार ३४० मा कारोबार भएको थियो ।

गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life