Skip to content

कांग्रेस आफ्ना मूल्य, मान्यता र आदर्शमा फर्किएको छ, सबै जिम्मेवार बनौः सभापति थापा

nabil bank

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै थापाले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई यो विषयलाई जित–हारको रूपमा नलिई संयमित र जिम्मेवार बन्न आग्रह गरे ।

विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताए ।

आयोगको निर्णयलाई उनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलका लिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life