Skip to content

बैंकिङ क्षेत्रमा अराजक समूह हावी हुन थालेपछि प्रहरी प्रमुख कार्कीले देखाए चासोः राष्ट्र बैंक, प्रहरी र बैंकर समन्वय गरेर अघि बढ्ने

'रिकोभरीमा जाने कर्मचारीले ऋणीलाई गर्ने व्यवहार जिम्मेवार हुनुपर्ने’

nabil bank

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा अराजक समूह हावी हुन थालेपछि नेपाल प्रहरीको हाइ कमाण्ड नै यसमा चासो देखाएको छ ।

बैंकिङ क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएपछि यसलाई कसरी न्यूनिकरण गर्ने भनेर प्रहरीका उच्च अधिकारीहरुले समेत निकै चासो देखाएका छन् ।

आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर लगायत उच्च अधिकारी, बैंकहरु सम्मिलित कार्यक्रममा नेपाल प्रहरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता विषयमा निकै चासो दिएका हुन् ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा जे जस्ता घटना घटेका छन् त्यसमा प्रहरी प्रमुखले कार्कीले निकै चासो देखाएको बताइएको छ ।

‘बैंकिङ क्षेत्रका कर्मचारीमाथी हातपात हुने, कर्जा रिकोभरी गर्न गएका कर्मचारीलाई दुव्यबहार गर्ने काम बढेका छ । यसले वित्तीय प्रणालीको चक्र बिग्रन्छ । यो विषयलाई राष्ट्र बैंकले प्रहरीका उच्च अधिकारीहरुलाई निकै गम्भिरताका साथ जानकारी गरायो’ राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले भने, ‘यस्ता विषयमा प्रहरी उच्च अधिकारीहरुले आफुहरुलाई जानकारी भएको बताउनु भयो । साथै यसलाई संवेदनशिल रुपमा लिएको र केही घटनामा कारबाहीको प्रकृया अघि बढाएको जानकारी गराउनु भयो ।’

अब निर्वाचन नजिकीदै गएको र त्यो समयमा यस्ता घटना हुन सक्ने भएर त्यसमा प्रहरीलाई सचेत रहन आग्रह गरेको उनको भनाइ छ । पछिल्लो समयम घटेका घटनालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको पौडेलेको भनाइ छ ।

छलफलका क्रममा बैंक तथा वित्तीय संस्थाले रिकोभरीको समयमा ऋणीलाई गर्ने व्यवहार जिम्मेवार हुनुपर्ने विषयमा पछि चर्चा भएको छ । कतिपय समयमा कर्जा असुलीमा समस्या भएको खण्डमा स्थानीय सरकारको सहयोग लिने, प्रहरीलाई पुर्व जानकारी गराएर कर्जा रिकोभरीमा जाने विषयमा समेत छलफल भएको छ ।

आजको भेटमा भविश्यमा नेपाल राष्ट्र बैंक, प्रहरी प्रशासन र बैंकरहरुले समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको पौडेलको भनाइ छ ।

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, निलम ढुंगाना, विभिन्न विभागका प्रमुख, नेपाल प्रहरीका प्रमुख लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life