Skip to content

प्राइम बैंकका सीईओको तलब भत्ता पौने २ करोड

nabil bank

काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता बापत १ करोड ७८ लाख ६१ हजार ४०० रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब बापत ८७ लाख ८४ हजार रुपैयाँ, भत्ता बापत ६९ लाख ९९ हजार, दशैं भत्ता बापत १२ लाख र सञ्चय कोषबापत ८ लाख ७८ हजार ४०० रुपैयाँ भुक्तानी गरेको छ ।

सीईओले पाएको तलब भत्ता बापत राज्यले ३९ प्रतिशत कर पाएको छ ।

यस्तै बैंकले सीईओलाई कार्यालय प्रयोजनको लागि चालक, इन्धन र मर्मतसंभार सहित गाडी सुविधाको व्यवस्था गरेको छ । यस्तै सीईओलाई बैंकको नियमानुसार मोवाइल बिलको भुक्तानी दिने गरेको छ ।

यस्तै बैंकले सञ्चालकलाई बैठक भत्ता बापत ४३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । सञ्चालकलाई टेलिफोन, मोबाइल र पत्रपत्रिका बापत २० लाख ४्र९ हजार १३५ रुपैयाँ भुक्तानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life