Skip to content

रविको आरोपपत्र संशोधन स्वीकृतिविरुद्ध सर्वोच्चमा रिट

nabil bank

काठमाडौं । रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्न स्वीकृति दिने महान्यायाधिवक्ताकाे निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।

युवराज पौडेलले उक्त निर्णय संविधान तथा प्रचलित कानून विपरीत भएको जिकिर गर्दै बदरको मागसहित रिट निवेदन पेस गरेका हुन् । सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भएको रिट निवेदन हाल कर्मचारीहरूको अध्ययन प्रक्रियामा रहेको छ ।

पौडेलले मुद्दा फिर्ता हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै अन्तिम टुंगो नलागेसम्म कामकारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life