Skip to content

प्राधिकरणले विद्युत नकिन्दा सूचीकृत कम्पनी घाटामा छन्ः वरिष्ठ उपाध्यक्ष डाँगी

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डागीले नेपाल विद्युत प्राधिकरणले हरेक बर्षायाममा अर्बौंको विद्युत नकिनेर खेर गईरहेको कारण अधिकांश सुचिकृत कम्पनीहरु घाटामा गएको बताएका छन् । इप्पानको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताए ।

‘अहिले ३३३५ मेगावाट उत्पादन गरेका छौं । हरेक बर्षायाममा अर्बौंको विद्युत नेपाल विद्युत प्राधिकरणले नकिनेर खेर गईरहेको कारण अधिकांश सुचिकृत कम्पनीहरु घाटामा छन् । निमार्णाधिन ५ हजार ७०० मेगावाटका आयोजनाहरु छन् । २÷४ बर्षभित्र यो क्षमताका आयोजनाहरुबाट विद्युत उत्पादन हुनेमा दुईमत छैन’ उनले प्रश्न गरे, ‘अहिले उत्पादित विद्युत विभिन्न बहानामा खरिद गर्न नसकेको नेविप्राको हालत ९÷१० हजार मेगावाट उत्पादन पुग्दा के होला ?’ उनले प्रश्न गरे । यो संभावित भयावह समस्याको समाधानका लागि विना संकोच नीजि क्षेत्रलाई विद्युत व्यापार गर्न र प्रसारण लाइन बनाउन तुरुन्तै अनुमतिपत्र दिनु पर्ने उनको माग छ ।

डागीले नेपालको समृद्धिका मुख्य आधार उर्जा, पर्यटन र कृषि रहेको उल्लेख गर्दै जलविद्युतमा ८२ हजार मेगावाटभन्दा बढी र सोलार उर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताए । हाल देशको कुल विद्युत उत्पादन ३ हजार १९५ मेगावाट पुगेको र निजी क्षेत्रको २६ वर्षे यात्रामा ३ हजार ३३५ मेगावाट उत्पादन गर्न सफल भएको उनले बताए ।

उनका अनुसार डिजेल, पेट्रोल र एलपिजी ग्यासको आयात घटाउँदै उर्जा खपत बढाउनु नै समृद्धिको आधार हो। निजी क्षेत्रले उत्पादन गरेको विद्युतको हिस्सा ८३ प्रतिशत पुगेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनामा अझ बढी योगदान रहेको उनले दाबी गरे।

डागीले आगामी २र४ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी दिए। संसारभर प्रमाणित निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा अनुमति दिनुपर्नेमा उनले जोड दिए।

उनले तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले २०५५ सालमा पीपीए दर तोकेकै कारण आज देश उज्यालो भएको स्मरण गर्दै वर्तमान सरकारले पनि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएर उर्जा क्षेत्रको नयाँ युगको सुरुआत गर्न सक्ने बताए । इप्पान र बिएफआइएस न्युजको सहकार्यमा सम्पन्न अनुसन्धानले नेपालको उर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी भएको देखाएको छ ।

त्यस्तै सरकारी क्षेत्रको एक खर्ब एक अर्ब भन्दा माथि लगानी भएको पाइएको छ। निजी क्षेत्रले प्रवर्द्धन गरेका सञ्चालनमा रहेका र निर्माणाधिन आयोजनामा बैंकिङ क्षेत्रको कुल लगानी ८ खर्ब ७० अर्ब रहेको छ भने निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ।

जलविद्युत कम्पनीहरुले निष्काशन गरेको आइपीओ एक करोड ६३ लाख जनाले प्राप्त गरेका छन् । यहि अवधिमा गरिएको अनुसन्धानबाट दोस्रो बजारमा एक करोड ८ लाख शेयरधनी रहेको पाइएको छ। जलविद्युत कम्पनीले सर्वसाधारण लगानीकर्तामा आइपीओ जारी गरेर ४१ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life