काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा सिेयर बजार घटेको छ । यस दिन सो सेसनमा ०.९० अंक घटेर २६४०.५२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ००३ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ५५ कम्पनीको ११६ पटकको कारोबारमा ४ करोड ७ हजार ८६३ रुपैयाँ ३० पैसाबराबरको ५२ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनी मूल्य बढेको छ भने ३४ कम्पनीको मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।








प्रतिक्रिया दिनुहोस्