Skip to content

जनकपुरबाट मैथिली भाषण गर्दै बालेनले सम्झिए माइतिघरमा अनसन बसेका मिटरब्याज पीडित, उखु किसानको आन्दोलन

nabil bank

काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन शाहले जनकपुरमा पुगेर मैथिली भाषामा सम्बोधन गरेका छन् ।

जनकपुरमा मैथिली भाषामा सम्बोधन गर्दै माइतिघरमा अनसन बसेको मिटरब्याज पीडित, आन्दोलनमा बसेका उखु किसानको आन्दोलनमा आफुले केही गर्न नसकेको बताए । उनले त्यो बेला आफु काठमाडौं महानगरपालिकाको मेयर मात्रै भएको बताए ।

उनले आफुले काठमाडौंमा समाजवाद ल्याएको र त्यो समाजवाद सबै प्रदेशमा चाहिने बताए । शाहले काठमाडौं महानगरमा शिक्षामा सहजीकरण गरेको, महंगा अस्पतालमा गरिबका लागि बेड छुट्याएको स्मरण गरे ।

उनले अब आफुले देशभर काम गरेर देखाउने बताए । उनले आफु मेयर भएको समयमा भाषण भन्दा पनि काम गरेको उल्लेख गरे ।

नेपालमा १० लाख पर्यटक आउने गरेको तर, जानकी माताले १ करोड पर्यटक ल्याउन सक्ने क्षमता राख्ने बताए । उनले मधेशी छोरा प्रधानमन्त्री बन्नु भन्दा पनि सक्षम योग्य व्यक्ति ल्याउनका लागि घण्टीमा मतदान गर्नुपर्ने बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life