Skip to content

बुटवलमा सीजी डिजिटलको नयाँ शोरुम सञ्चालनमा, २५ प्रतिशतसम्मको छुट र उपहार पाइने

nabil bank

काठमाडौं । सीजी डिजिटलले रुपन्देहीको बुटवलमा २८औँ शोरुम सञ्चालनमा ल्याएको छ। सोनाम लोसारको अवसर पारेर कम्पनीले उक्त स्थानमा स्वरुम स्थापना गरेको हो ।

कम्पनीको नयाँ शोरुममा ग्राहकहरूले विश्वविख्यात र भरपर्दा ब्राण्डका इलेक्ट्रोनिक्स सामग्री एकै छानामुनि पाउनेछन्। यहाँ एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, बेको, मिडिया, सेन्सेई, केन्ट, एलिका, ब्ल्याकंडेकर, क्रम्पटन, बर्ली लगायतका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, ग्याजेट पारखीहरूका लागि आईफोन, नथिङ, सीएमएफ, मोटोरोलाका र एआईं का पछिल्ला उत्पादनहरू समेत राखिएका छन्।

ग्राहक सुविधालाई ध्यानमा राख्दै सीजी डिजिटलले निस्शुल्क डेलिभरी तथा जडान सेवा, शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा, पुराना सामान साट्न सकिने एक्सचेन्ज अफर, नियमित ग्राहकका लागि लोयल्टी प्रोग्राम तथा निस्शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स सेवा उपलब्ध गराएको जनाएको छ।

शोरुम उद्घाटनको अवसरमा विशेष अफरअन्तर्गत अधिकतम खुद्रा मूल्यमा २५ प्रतिशतसम्म नगद छुट र ठूला सामान खरिदमा निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय सहभागि भएका थिए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी तथा कम्पनीका महाप्रबन्धक बसन्त पाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले सीजी डिजिटलको उपस्थितिले बुटवलका उपभोक्तालाई गुणस्तरीय विकल्प उपलब्ध गराउने र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सीजी डिजिटल बुटवल शोरुम आजैदेखि ग्राहकहरूका लागि खुला गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life