काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।
प्रसाईले पछिल्लो समय दिएको अभिव्यक्तिपछि निर्वाचन आयोगले उनलाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
आइतबार आयोगले दुवै निकायलाई पत्राचार गरेको हो । पत्राचार गरे लगत्तै आज प्रसाईंलाई अनुसन्धानका लागि पोखराबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक एंव प्रवक्ता पवन कुमार भट्टराईले लगानी न्यूजलाई बताए ।
उनका अनुसार प्रसाईलाई आजै काठमाडौं ल्याइने भएको छ ।
प्रसाईले नेापाली कांग्रेसको विशेष महाधिवेशमा महाधिवेशन चाहने पक्षले आयोगलाई ५२ करोड बुझाएको आरोप सहितको एक भिडियो सार्वजनिक गरेका थिए ।
प्रसाईंलाई निर्वाचन सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग रहेको भट्टराईको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्