Skip to content

कामना सेवा विकास बैंकको नाफा २२.३४ प्रतिशतले बढ्यो, सबै सूचकमा सुधार

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म ३९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनानमा ११.१८ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैंकको सञ्चालन नाफा ५६ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस्तो नाफा गत आवको सोही अवधिमा ४६ करोड ९१ लाख रुपैयाँ थियो । यो अवधिमा २०.९१ प्रतिशतले बढेको छ ।

बैंकको वितरणयोग्य नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १५.३२ प्रतिशत छ ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ छ ।

पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life