Skip to content

नेशनल लाईफको एमडिआरटी कार्यक्रम सम्पन्न, ८३ जना अभिकर्ता सम्मानित

nabil bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा एमडिआरटी २०२६ का लागि तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गर्ने ८३ जना अभिकर्ताहरूलाई सम्मान गरिएको हो ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीअन्तर्गत नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी कुल ८३ जना अभिकर्ता छनोट भई सम्मानित भएका छन् ।

कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा अभिकर्ताहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरणसहित तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले कम्पनीको प्रगति र विस्तारमा अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई केन्द्रमा राखेर केही नयाँ अभ्यासहरू सुरु गरिएको बताए ।

उनले एमडिआरटी २०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी तथा टिओटीको लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान प्रदान गरे ।

साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको मासिक योजना ‘चेज योर एमडिआरटी’ अन्तर्गत सफल अभिकर्ताहरूलाई प्रोत्साहन प्रदान गरेको छ । सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life