Skip to content

पूर्वउपप्रधानमन्त्री श्रेष्ठ पुगे सर्लाही–३ मा, गराए उम्मेदवारी दर्ता, पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा

nabil bank

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहेको श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए ।

यस क्षेत्रबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गरी नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।

यस पटक पनि यस क्षेत्रबाट नेकपा एमालेबाट पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साहको उम्मेदवारी परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life