Skip to content

७ पटक लगातार डडेल्धुराबाट चुनाव जितेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन नलड्ने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।

निर्वाचनको लागि आज मनोनयनको कार्यतालिका रहेको छ। देउवाको सचिवालयले उनी निर्वाचन नलड्ने जनाएको छ ।

नेपाली कांग्रेसमा भएको विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गरेपछि देउवा त्यसको विरोधमा सर्वोच्च अदालत गएका छन् । देउवाले निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने निर्णय विरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ आज छ ।

देउवासँगै रहेका उनी निकट नेताहरु विमलेन्द्र निधि,प्रकाशरण महत,विजय गच्छेदारले भने गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर निर्वाचन लड्ने भएका छन् ।

देउवाले २०६४ सालमा डडेल्धुरा बाहेक कन्ञनपुर तथा २०७० सालमा कैलालीबाट समेत निर्वाचित भएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life