Skip to content

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, २ लाख ८५ हजार नजिक पुग्यो

nabil bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारि अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आजको बजारमा चाँदी तोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ८१० रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life