झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अबलोकन गरेका छन् ।
झापा–५ आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमक नगरपालिका, ईलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय अवलोकन गरे ।
अध्यक्ष ओलीले ३० वर्षअघि आफैले बनाएको घर अवलोकन गरे । ओलीले उक्त घर बेचबिखन गरिसकेका थिए । तर ओलीले बनाएको घर भनि जेनजी समूहले भदौ २४ गते आगो लगाईदिएका थिए ।
‘राधिकाको सञ्चय कोषबाट ७ लाख झिकेर ३० वर्षअघि बनाएको घर हो’, आफ्नो पुरानो घरको कोठामा पुगेर ओलीले भने ।
संयोगले सोही घरमा ३० वर्षअघि ओलीले प्रयोगमा लिएको पलङ जल्नबाट बचेको छ । त्यो समयमा पलङलाई २ हजार रुपैयाँ परेको उनले बताए ।

त्यस्तै दमक नगरपालिकाका प्रमुख राम थापाको जलेपछि भत्काएको घरको समेत अध्यक्ष ओलीले अबलोकन गरे । ‘आइदिनु भयो विशेष धन्यवाद । मेरो घर जलेपछि शरिरमा भएका कपडा बाहेक सबै जलेको हो’, नगर प्रमुख थापाले ओलीसँग भने ।
जेनजी आन्दोलनमा जलाइएको आफ्नो निर्वाचन क्षेत्रमा आउँदा बस्ने आवासको अध्यक्ष ओलीले अवलोकन गरे । ‘निजी तथा सरकारी सम्पत्तिलाई तोड्फोड, आगजनी गर्नेलाई कार्वाही गर्ने समय आउँछ’, उनले भने । अध्यक्ष ओलीले नगर कमिटी पार्टी कार्यालयको अबलोकन गरे ।









प्रतिक्रिया दिनुहोस्