काठमाडौं । नेकपा एमालेबाट टिकटक पाएका मिलन गुरुङ (चक्रे मिलन) ले गोरखा–२ बाट मनोनयद दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले आज उम्मेदवारी दिएका हुन् ।
उनले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् ।








प्रतिक्रिया दिनुहोस्