काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा फाइनान्सको नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।
फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा ११.५४ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । फाइनान्सको लाभांश दिने क्षमता ३४ रुपैयाँ ८७ पैसा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा रहेको छ ।
फाइनान्सको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।
१ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ छ । फाइनान्सले २२ अर्ब ४८ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड ६६ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्