Skip to content

निफ्राको नाफा ३६.१५ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ३.८० रुपैयाँ

nabil bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पुस मसान्तम्म ४० करोड ९९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकोछ । जसमा असर नाफामा परेको छ ।

बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ ालख २० हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३६.०४ प्रतिशतले घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा छ । २१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्ममा बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life