Skip to content

एसबिआई बैंक सिन्धुली शाखामा ३ करोड बढी लुटपाट गरेर फरार ज्ञानबहादुर भ्लोन कीर्तिपुरबाट पक्राउ

nabil bank

काठमाडौं । पुस २९ गते सिन्धुली जिल्ला ध्याङलेख गाँउपालिका–२ मा रहेको एसबिआई बैंकको शाखामा रहेको ३ करोड ७ लाख लुटेर फरार रहेका थप एक जनालाई प्रहरीले लप्सीबोटबाट पक्राउ गरेको छ ।

बैंकको उक्त शाखा लुटपाट गरी फरार रहेका सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका–२ का ५३ वर्षीय ज्ञान बहादुर भ्लोन तामाङलाई माघ ६ गते कीर्तिपुर नगरपालिका- ७ लप्सीबोट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका तामाङलाई अन्य प्रतिवादीहरुकै नाममा म्यादमा मिलान म्याद गरी थप अनुसन्धान भईरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life