Skip to content

६ महिनामा नेपालीले किने साढे १२ अर्बको ईभी, एक महिनामा २ अर्ब ६६ करोडको आयात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको इलेक्ट्रक सवारी (ईभी) खरिद गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म नेपालीले १२ अर्ब ५१ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको ईभी खरिद गरेका हुन ।

गत मंसिर महिनादेखी पुस महिनासम्म नै नेपालमा २ अर्ब ६६ करोड ३ लाख ४४ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ। मंसिर महिनासम्म ९ अर्ब ८९ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरको ईभी आयात भएको थियो ।

यस अवधिसम्म आउँदा १२ हजार ४८९ वटा ईभी नेपाल भित्रिएका छन् । चालु आजको पुस महिनामा मात्र नेपालमा २ हजार ९७६ वटा ईभी भित्रिएको छ।
यसबाट सरकारलेले उठाउने राजस्व पनि बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले ईभी आयात गरेर ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । पुस महिनामा मात्र सरकारले यस्तो सवारी खरिद गरेर १ अर्ब ७४ करोड २९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life