काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसको नाफा एक ७३.५४ प्रतिशतले बढेको हो ।
चालु आवको दोस्रो त्रैमाससम्म यस कम्पनीले ७ करोड ६६ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ६७ लाख ८ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएको थियो ।
यस अवधिसम्म आउँदा यस कम्पनीको खुद ब्याज आम्दानी सामान्य घटेको भएता पनि कम्पनीको प्रोभिजन (इम्पेरमेन्ट चार्ज) रिभर्स भएका कारण नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेर १० करोड ७६ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस कम्पनीको यस्तो आम्दानी ११ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, यस अवधिसम्म आउँदा यस कम्पनीको खुद फी तथा कमिसन आम्दानी २१ प्रतिशत बढेर २४ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षमा २० लाख ३३ हजार रुपैयाँ रहेको थियो । चालु आवको ६ महिनामा लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ११ करोड २१ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा १० करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको छ। कम्पनीको यस्तो नाफा ६९.४८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको यस्तो नाफा ६ करोड ४६ लाख ६९ हजार रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया दिनुहोस्