काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ३.९५ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको छ। यसैगरी, आज फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।
यसैगरी, बिहीबार ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। आज विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।
आज कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसैगरी, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कालिका पावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको आज ४० करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।








प्रतिक्रिया दिनुहोस्