Skip to content

६ महिनामा बैंकहरुले भित्र्याए साढे १९ अर्ब बढीको सुन, कुन देशबाट ल्याइन्छ ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामार्फत करिब १९ अर्ब  ६७ कराेड १० लाख १२  हजार रुपैयाँ बराबरको सुन आयात गरिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ११ लाख ४ हजार ५३२ ग्राम सुन आयात भएको हो ।

नेपालमा सबैभन्दा धेरै सुन दुबईबाट भित्रिएको छ । यसैगरी, कतारबाट पनि नेपालमा आपूर्ति भएको छ। दुबईबाट मात्रै करिब १८ अर्ब ८३ करोड ३० लाख ९९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।

विभागका अनुसार कतारबाट पनि नेपालमा सुन आयात भएको छ । मध्यपूर्वका देशहरूसँगै युनाइटेड किङडम, संयुक्त राज्य अमेरिका, हङकङ, थाइल्याण्ड, कोरिया, कुवेत, मलेसिया, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जापान, जर्मनी, फ्रान्स र स्विट्जरल्यान्डलगायत देशबाट पनि सुन आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।

सुन आयातबाट सरकारले ६ महिनामा १ अर्ब ९६ करोड ६० लाख ६२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life