काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक समपन्न भएको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक सम्पन्न भएको हो । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन् ।
बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्ने निर्णय सर्वसम्मत् रूपमा पारित गरेको छ ।
त्यस्तै बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्