Skip to content

सुनको मूल्य ३ लाख १ हजार माथि, चाँदीको भाउ पनि ६ हजार कट्यो

nabil bank

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार २०० रूपैयाँले बढेर ३ लाख १ हजार ४०० रूपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य ३२० रुपैयाँले बढेर तोलाको ६ हजार १९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी तोलाको ५ हजार ८७० रूपैयाँ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life