काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमित तथा बीमा अभिकर्ताहरूलाई लक्षित गर्दै लाइफटाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गर्ने सम्बन्धी रणनीतिक साझेदारी भएको छ ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच दुवै संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारी पत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरे।
यस सहकार्यअन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा बीमा अभिकर्ताहरूले कुनै पनि वार्षिक शुल्क नलाग्ने गरी क्रेडिट कार्ड प्राप्त गर्ने अवसर पाउनेछन् । यस सुविधाले उनीहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न तथा डिजिटल भुक्तानी सेवाहरू सहज रूपमा प्रयोग गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
ग्राहकहरूलाई परिष्कृत, सुरक्षित र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुसार सूर्यज्योति लाइफसँग गरिएको यो सहकार्यले बीमित तथा अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रसँग थप जोड्ने एनआईसी एशिया बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्