काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिनसम्म चलेको सम्मान कार्यक्रम उल्लासपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरे । उद्घाटन मन्तव्यका क्रममा उनले उत्कृष्ट कार्यकै कारण सम्मानको मार्ग प्रशस्त हुने उल्लेख गर्दै अभिकर्ताहरूको मेहनत र सफलतामा कम्पनीको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
एमडिआरटि जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै उनले अभिकर्ताहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ निरन्तर सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे । सफलताको यो माहोललाई कम्पनीले उत्सवका रूपमा लिएको उनले बताए ।
योग्यताको पहिचान कामबाटै हुने उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईँले निरन्तर मेहनतबाट प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय आएको बताए । प्राप्त अनुभव, मान–सम्मानले आगामी दिनमा थप सफलता हासिल गर्न ऊर्जा दिने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य व्यक्त गरे । उनले अभिकर्ता पेसाबाट प्राप्त अन्तर्राष्ट्रिय मान–सम्मान निरन्तर लगन र समर्पणको परिणाम भएको भन्दै कम्पनीले यस सफलतालाई उच्च सम्मानका साथ स्वीकार गरेको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले व्यवसायिक बिक्री कला र क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । साथै चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।








प्रतिक्रिया दिनुहोस्