काठमाडौं । स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ५ करोड मूल्य पर्ने ल्यान्ड रोभर डिफेन्डर गाडी अहिले चर्चाको शिखरमा रहेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धामा रहेका बालेनले चढने गाडीको अहिले निकै चर्चामा रहेको छ ।
उनले निर्वाचन प्रचार प्रसारमा बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडीमा यात्रा गरिरहेका छन् ।
स्रोतका अनुसार बालेनले चुनावी प्रचारमा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिको नाममा छ । कम्पनीका संस्थापक सुरेश मालपानी हुन् ।








प्रतिक्रिया दिनुहोस्