काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ ।
हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् ।
हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।
यस्तै मुस्ताङको सदरमुकाम जोमसोम आसपासका हिमपातपछि सेताम्मे भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित ठिनी गाउँ, मार्फा, स्याङ, कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत हिउँ परेको छ ।
यस्तै जुम्ला सदरमुकाम खलङ्गा बजारमा पनि हिमपात भएको छ । हिमपात भएसँगै खेती सप्रने भएपछि यहाँका किसान खुसी भएका छन् ।















प्रतिक्रिया दिनुहोस्