काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अगावै प्रमुख दलका शीर्ष नेताहरूबीच सार्वजनिक बहस हुनुपर्ने माग बढिरहेको छ ।
यस्तो माग बढिरहेको समयमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बहसका लागि तयार भएका छन् ।
तर, ओलीसँगै झापा–५ बाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने अस्वीकार गरेका छन् । ओलीसँगै निर्वाचनमा होमिएका बालेन एउटै मञ्चमा उभिन भने अस्वीकार गरेका छन् ।
ओलीले सामाजिक सञ्जालमा लेखेको उक्त विषयमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो १ तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो रु त्यो पछि अरू कुरा गरौँला ।’









प्रतिक्रिया दिनुहोस्