Skip to content

५० देशबाट भित्रिए साढे १२ लाख वटा मोबाइल फोन, सवा २३ अर्ब बढी रकम बाहिरियो

nabil bank

 

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न ५० देशबाट २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको १२ लाख ५२ हजार ६३४ थान मोबाइल नेपालमा भित्रिएको छ ।

उक्त मोबाइल भित्र्दा सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ । नेपालमा सबैभन्दा धेरै फोन चीन र भारतबाट आयात हुने गरेको छ । चालु आवको ६ महिनामा चीनबाट १८ अर्ब ५२ करोड २२ लाख ८७ हजार रुपैयाँको १० लाख ६१ हजार ४५ वटा फोन आयात भएको छ ।

यो फोनबाट राज्यले ३ अर्ब ४५ करोठ ४३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै नेपालमा धेरै फोन आयात हुने दोस्रो देशमा भारत रहेको छ । भारतबाट नेपालमा ४ अर्ब ४५ करोड ९७ लाख ३ हजार रुपैयाँको १ लाख ८६ हजार ७०३ वटा मोबाइल फोन आयात भएको छ । उक्त रकमको फोन आयातहुँदा राज्यले ८३ करोड १७ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

नेपालमा अमेरिकाबाट ७ करोड ७४ लाख ६१ हजार रुपैयाँका ५७४ वटा, दुबईबाट ६ करोड ५० लाख ९० हजार रुपैयाँको ६७६ वटा, अष्ट्रेलियाबाट ५ करोड २७ लाख ९५ हजार रुपैयाँको १ हजार ७२३ वटा, जापानबाट ५ करोड ५ लाख १६ हजार रुपैयाँको ५९७ वटा मोबाइल फोन आयात भएको छ ।

नेपालमा फोन दक्षिण कोरिया, कतार, बेलायत, क्यानाडा, हङकङ, बंगलादेश, साउदी अरेबिया, फिनल्यान्ड, मलेसिरया, पोर्चुगल, इजरायल, जर्मनी, स्वीजरल्यान्ड, न्यूजिल्यान्ड, थाइल्यान्ड लगायत देशबाट मोबाइल फोन आयात हुने गरेको छ ।

अधिकांश देशबाट मोबाइल फोन १० थान भन्दा कम आयात भएको छ । वैदेशिक रोजगारीका कारण स्मार्ट फोन आयात हुने क्रम बढेको छ । त्यसका लागि पछिल्लो समय सर्वसुलभ बन्दै गरेको इन्टरनेट सुविधाले झनै सहज भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life