काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार कारोबार खुलेको ३ घण्टासम्म उत्साहजनक देखिएको छ । यस अवधिसम्म आउँदा सेयर बजारमा कारोबारमा आएको पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, हिम स्टार उर्जा कम्पनी लिमिटेड, माबिलुङ इनर्जी लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड रहेका छन्।
यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।








प्रतिक्रिया दिनुहोस्