Skip to content

सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

nabil bank
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलाकै ५ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको २८५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life