Skip to content

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

nabil bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ ।

कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतालाई केन्द्रमा राखी सञ्चालन गर्दै आएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो । उक्त तालिम इलामको फिक्कलस्थित होटल एकोममा सम्पन्न भएको थियो ।

तालिम कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटी हासिल गर्ने लक्ष्य पूरा गर्न अपनाउनुपर्ने रणनीतिहरु विभिन्न उदाहरणसहित प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजना तथा तालिममार्फत निरन्तर सहयोग गर्दै आएको जानकारी गराए ।

त्यसैगरी, कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखामा उत्कृष्ट कार्य गर्दै शाखास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life