Skip to content

छुर्पी बेचेर नेपालले ६ महिनामा आर्जन गर्यो पौने २ अर्बः मुख्य बजार अमेरिका, क्यानडा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले छुर्पी निर्यात गरेर १ अर्ब ८७ करोड ५८ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ ।

६ महिनाको अवधिमा नेपालबाट विभिन्न ३० वटा देशमा १३ लाख ८८ हजार ९५९ किलो छुर्पी निर्यात भएको छ । छुर्पी नेपालबाट विदेशमा कुकुर र बिरालोका लागि खानाको रुपमा निर्यात हुने गरेको छ । छुर्पीमा नेपालको ठूलो बजार अमेरिका रहेको छ । ६ महिनाको अवधिमा अमेरिकामा १ अर्ब ६१ करोड ३९ लाख ८८ हजार रुपैयाँको ९ लाख ११ हजार १६३ किलो निर्यात भएको छ । यस्तै क्यानडामा १२ करोड २७ लाख २३ हजार रुपैयाँको ८१ हजार २५४ किलो छुर्पी निर्यात भएको छ ।

भन्सार विभाग अनुसार ६ महिनाको अवधिमा बेलायतमा ३ करोड २३ लाख ८१ हजार रुपैयाँको ८१ हजार २५४ किलो छुर्पी निर्यात भएको छ ।

नेपालबाट जापान, कोरिया, दुबई, हङकङ, मलेसिया, सिंगापुर, न्यूजिल्याण्ड, नेदरल्याण्ड, चीनको तइवाइ प्रदेश, ग्रीस, इजरायल, थाइल्याण्ड, ब्राजिल, अष्ट्रेलिया, जर्मनी, इटली , फ्रान्स, लेबनान लगायत देशमा निर्यात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life