Skip to content

राष्ट्र बैंकका गभर्नर प्राडा पौडेल चीन जाँदै

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेल आज साँझ चीन प्रस्थान गर्ने भएका छन् । उनी बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को कार्यक्रममा सहभागिता जनाउन चीन जान लागेका हुन् ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलसँगै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दिर्घ बहादुर रावल पनि उक्त कार्यक्रममा सहभागी हुन चीन जाने कार्यक्रम रहेको छ ।
बीआईएसको कार्यक्रममा केन्द्रीय बैंकहरूबीच वित्तीय स्थायित्व, बैंकिङ सुपरिवेक्षण तथा समसामयिक मौद्रिक नीतिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life