काठमाडौं । सोलु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आज बाँडफाँड गरिने भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आज मध्यान्न साढे ३ बजे आईपीओ बाँडफाँड हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
आनईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् जसमा ८ लाख २० हजारलाई १०–१० कित्ताका दरले सेयर पर्ने छ । बाँकी १७ लाख ५० हजार भन्दा बढी आवेदनकर्ताको हातखाली हुनेछ ।








प्रतिक्रिया दिनुहोस्