काठमाडौं । साताको तेस्रो कारोबार मंगलबार दिन प्रि–ओपन सेसनमा सेयर बजार सामान्य घटेको छ। मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ बिन्दुमा झरेको छ ।
प्रि–ओपन सेसनमा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस सेसनमा कारोबारमा आएको २९ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।








प्रतिक्रिया दिनुहोस्