Skip to content

प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व अपरिहार्यः उपाध्यक्ष डा. श्रेष्ठ

nabil bank

काठमाडौं । दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ मंगलबारदेखि सुरु भएको छ। उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाश श्रेष्ठले प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व अपरिहार्य भएको बताए । उनले आजको प्रतिस्पर्धी युगमा सफल हुन प्रविधिको ज्ञान र सीप अनिवार्य रहेको उल्लेख गर्दै युवालाई जागिरे मानसिकताबाट बाहिर निस्केर उद्यमशीलतामा केन्द्रित हुन आग्रह गरेका हुन।

सम्मेलन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा सचिव मदन भुजेल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा र महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले पनि सहकारी क्षेत्रमा युवा सहभागिता र प्रविधिको महत्त्वमा जोड दिए ।

सम्मेलनको पहिलो दिन ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा प्यानल छलफल सम्पन्न भएको थियो। प्यानलमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईं, फिनटेक एलायन्सका उपाध्यक्ष देवेन्द्र खड्का, नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना र एग्री नेपालको सीईओ सुनिता नेमाफुकी सहभागी भएका थिए ।

छलफलमा सहभागीहरूले युवालाई उद्यममा आकर्षित गर्न राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने र युवा सहभागिता बढे मात्र वास्तविक आर्थिक सशक्तिकरण सम्भव हुनेमा जोड दिए। सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ र सातै प्रदेशका युवा सहकारीकर्मी, युवा उद्यमी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life