Skip to content

चार्टर्ड विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको मृत्यु

nabil bank

काठमाडौं । भारतको महाराष्ट्रस्थित बारामतीमा बुधबार बिहान चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ ।

पवार सवार रहेको विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।

आज बिहान विमान अवतरण गर्ने क्रममा बारामती विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त विमान मुम्बईबाट उडेको थियो ।

विमानमा पवारका साथै अन्य चार जना सवार रहेका बताइएको छ । दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life