काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशतले बढेको छ ।
चालु आवको ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा ४६ करोड १० लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । साथै यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा भने ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
गत आवको दोस्रो त्रैमासमा २ अर्ब ५२ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज चालु आवको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँ रहेको छ । यसले नाफा बढाउन सहयोग गरेको छ ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ८६ करोड ७४ लाख ३५ हजार रहेको छ । ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्