काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको पुस मसान्तसम्म बैंकको नाफा २२.१९ प्रतिशतले बढेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा ३३ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएपनि सञ्चालन नाफा बढेको छ । यस्तै इम्पेरमेन्ट चार्ज घटेको छ । जसले बैंकको नाफा बढ्न सघाएको छ ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ९८ लाख रुपैयाँबाट घटेर १ अर्ब २८ करोड ४० लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ४८ करोड ३० लाख २१ हजारबाट बढेर ६० करोड ५८ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ४९ करोड ६७ लाख २ हजारबाट घटेर ३१ करोड ४६ लाख २६ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड २२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ६.३७ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६.६० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.४० प्रतिशतबाट घटेर ४.७५ प्रतिशत पुगेको छ ।
५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले यो अवधिमा ७३ अर्ब २१ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५९ अर्ब ५३ करोड ८६ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्