Skip to content

कर्जा असुलीमा सुधार आउँदा वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी, पहिलो नबिल बन्दा अन्य बैंकले कति कमाए ?

nabil bank

काठमाडौंं । चालु आर्थिक वर्षको पुुस मसान्तसम्म वाणिज्य बैंकको नाफामा सुधार आएको छ । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकले चालु आवको पुस मसान्तसम्म ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ११.५१ प्रतिशतले धेरै हो । गतथ आवको सोही अवधिमा वाणिज्य बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकहरुले प्रवाह गरेको ऋण असुलीलाई प्राथमिकता दिँदा बैंकको नाफामा सुधार आएको छ ।
बैंकहरुले प्रवाह गरेको कर्जा उठन थालेपछि त्यसको प्रभाव बैंकले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्थामा देखिएको छ ।

पुस मसान्तसम्ममा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ ।

सबैभन्दा धेरै नाफा कमाउने अग्रस्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार नाफा कमाएको छ ।

यस्तै दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ भने तेस्रोमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफामा चामत्कारिक सुधार देएिको छ । बैंकको नाफा ८८६.५० प्रतिशतले बढेर २ अर्ब ७२ करोड पुगेको छ ।

यस्तै एभरेष्ट बैेंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रहेको छ ।

सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्टायान्डर्ड चार्टर्ड बैंकको १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, नेपाल एसबिआई बैंकको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, माछापुच्छ्रे बैंकको २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

एनएमबि बैंकको १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड, हिमालयन बैंकको १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, प्रभु बैंकको २४ प्रतिशतले घटेर १ अर्ब १ करोड रहेको छ ।

कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा २७ करोड ३६ लाख १५ हजार ऋणात्मक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life