Skip to content

इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा विकास बैंकको नाफा बढ्योः मुक्तिनाथ सबैभन्दा अगाडि, कुनको कति?

nabil bank

काठमाडौं । कर्जा नोक्सानीबापत छुट्याइने इम्पेरमेन्ट चार्ज रिभर्स हुँदै जाँदा विकास बैंकहरुको नाफा चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमाससम्म करिब ३२ प्रतिशतले बढेको छ। प्रोभिजनिङ खर्च घटेपछि अधिकांश बैंकको सञ्चालन नाफामा सुधार आएको हो।

पुस मसान्तसम्म विकास बैंकहरुले कुल ३ अर्ब ४२ करोड ४२ लाख ६५ हजार खुद नाफा कमाएका छन्। अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा २ अर्ब ५९ करोड ४२ लाख ४१ हजार रुपैयाँ थियो।

यस अविध अधिकांश राष्ट्रिय स्थरका विकास बैंकको नाफा बढेको छ भने जिल्ला स्थरिय केहि बैंक नोक्सानीमा रहेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ। नाफाका आधारमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले ६७ करोड २० लाख ४० हजार खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ५४ करोड २८ लाख २० हजारको तुलनामा २३.८१ प्रतिशत बढी हो।

गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ५४ करोड ९२ लाख ६६ हजार थियो। शाइन रेसुङ्गा विकास बैंकले ४० करोड ४२ लाख ८० हजार नाफा कमाएको छ भने अघिल्लो वर्ष ३३ करोड ८ हजार ५६ हजार थियो। कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख ५० हजार नाफा कमाएको छ, जुन अघिल्लो वर्ष ३२ करोड २४ लाख ९३ हजार थियो।

ज्योति विकास बैंकले ३१ करोड १२ लाख ७१ हजार नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा २५ करोड १ लाख ३२ हजार थियो। सांग्रिला डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख ९७ हजार नाफा कमाएको छ भने अघिल्लो वर्ष १९ करोड ६५ लाख ६१ हजार थियो। महालक्ष्मी विकास बैंकले ३० करोड ५९ लाख ३१ हजार नाफा कमाएको छ, अघिल्लो वर्ष २८ करोड ७४ लाख ९९ हजार थियो।

लुम्बिनी विकास बैंकले २८ करोड ५३ लाख ७७ हजार नाफा कमाएको छ, जुन अघिल्लो वर्ष १४ करोड ७६ लाख १८ हजार थियो। मितेरी विकास बैंकले ५ करोड ७० लाख ५ हजार नाफा कमाएको छ भने अघिल्लो वर्ष २ करोड ५८ लाख ८१ हजार थियो।

ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १० लाख २ हजार नाफा कमाएको छ, अघिल्लो वर्ष ८७ लाख २९ हजार थियो। कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २९ लाख ४२ हजार नाफा कमाएको छ भने अघिल्लो वर्ष १ करोड ७ लाख ३९ हजार थियो।

यता तीन बैंक अझै नोक्सानीमा छन्। सालपा विकास बैंक २० लाख ४० हजार घाटामा छ, अघिल्लो वर्ष पनि बैंक १३ लाख ९२ हजार घाटामै थियो। सिन्धु विकास बैंक १ करोड ५४ लाख ६८ हजार घाटामा पुगेको छ, जबकि अघिल्लो वर्ष ४ करोड ८७ लाख ४ हजार नाफामा थियो। नारायणी विकास बैंक ४ करोड ७३ लाख ४७ हजार घाटामा छ, अघिल्लो वर्ष ५२ लाख १३ हजार घाटामा थियो।

सप्तकोशी विकास बैंक भने सुधारतर्फ देखिएको छ। बैंकले यस वर्ष २ करोड ६८ लाख २० हजार नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष २ करोड ९९ लाख १७ हजार घाटामा थियो। एक्सेल डेभलपमेन्ट बैंक पनि घाटाबाट नाफामा फर्किएको छ। बैंकले ८ करोड ८५ लाख ३६ हजार नाफा कमाएको छ भने अघिल्लो वर्ष ९ करोड ५ लाख ३५ हजार घाटामा थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life