Skip to content

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, अन्य सूचकमा के छ सुधार ?

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले धेरै हो । बैंकले गत आवको सोही अवधिसमा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ भने सञ्चालन नाफा बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्म ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life