काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य सात हजार ५०५ कायम रूपैयाँ कायम भएको छ ।
आज एकै दिन सुन तोलाको २० हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीकाे मूल्य ताेलाकाे २०५ रूपैयाँले बढेकाे छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रूपैयाँ र चाँदीको मूल्य ताेलाकाे सात हजार ३०० रूपैयाँ कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य छ हजार ८७० रूपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र चाँदीकाे मूल्य १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्