काठमाडौं । आर्थिक कुटनीतिमार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकेको छ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कुटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन् । त्यसैगरी नेपालमा लगानीबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन, सूचना आदान प्रदान गर्न र देखा परेका समस्याहरुलाई समाधान गर्न पनि भूमिका निर्वाह गर्नेछन् ।
केही समय अघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुले सम्पर्क व्यक्तिको व्यवस्था भए नेपालमा लगानीबारे बुझ्न र लगानी वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरेका थिए । लगानी बोर्डले आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।








प्रतिक्रिया दिनुहोस्