Skip to content

लक्ष्मी सनराइज बैंकको नाफा, प्रतिसेयर आम्दानी ऋणात्मक

nabil bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले नाफा २७ करोड ३६ लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको सञ्चालन नाफा पनि १५ करोड ९८ लाख ८ हजार ऋणात्मक रहेको छ । बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ । बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

२६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छ । बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका खराब कर्जा ५.५० प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life